भीमादका शिक्षण संस्था बन्द नहुने


khabarstory
१६ चैत्र २०७७, सोमबार
भीमादका शिक्षण संस्था बन्द नहुने

केन्द्र सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे पनि तनहुँको एउटा पालिकामा भने खुल्ने भएका छन् ।

तनहुँको भीमाद नगरपालिकाले मंगलबार सूचना निकालेर विद्यालय नियमित संचालन हुने जनाएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकावती ढकालले नगर क्षेत्रभित्र हालसम्म वातावरणीय प्रभाव नदेखिएकाले शिक्षण संस्था नियमित खुल्ने बताएकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि भीमादका विद्यालय खुल्ने भएका हुन् ।

RITZ

Shikhar Insurance