आयोगले आगामी साउनदेखि नै लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । अब साउनदेखि भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने भएको छ ।
उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले भने ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने भएको छ ।
यस्तै, बीडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ । चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।