चिकित्सा शिक्षाको शुल्क ३.६ प्रतिशतले बृद्धि


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
चिकित्सा शिक्षाको शुल्क ३.६ प्रतिशतले बृद्धि
काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि सरकारले शुल्क वृद्धि गरेको छ । विश्वविद्यालय तथा क्याम्पसहरुले शुल्क वृद्धिको माग गर्दै आएपछि चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पढ्ने विद्यार्थीहरुका लागि शुल्क वृद्धि गरेको हो ।

आयोगले आगामी साउनदेखि नै लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । अब साउनदेखि भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने भएको छ । 

उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले भने ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने भएको छ । 

यस्तै, बीडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ । चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।