चार दिन शिक्षण संस्था बन्द तर परीक्षा नरोकिने


khabarstory
१६ चैत्र २०७७, सोमबार
चार दिन शिक्षण संस्था बन्द तर परीक्षा नरोकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।

शिक्षण संस्था बन्द भए तापनि परीक्षा भने सञ्चाल हुने भएको छ । 'पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू संचालन गर्न सक्नेछन्,' मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, १६:१०:००