एलएलबी खारेजीको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
एलएलबी खारेजीको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौ ।सर्वोच्च अदालतले एलएलबी खारेजीको मुद्दामा एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेशबारे सुनुवाइ तोकेको छ।

 बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले आजका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो।

एलएलबीको शनिबार (२१ जेठ)मा इन्ट्रान्स तोकिएको छ। सर्वोच्चले यसअघि तीनवर्षे एलएलबीलाई फेजआउट गर्दै लानुपर्ने आदेश सुनाएको थियो। त्यसपछि पनि एलएलबीमा नयाँ भर्ना खुलाइएको भन्दै भर्ना प्रक्रिया रोक्न निवेदकले माग गरेका छन्।