एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन्।

काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो। परीक्षामा सहभागीमध्ये ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। 

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्।