गर्मी बढेपछि बाँकेका विद्यालय पाँच दिन बन्द


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
गर्मी बढेपछि बाँकेका विद्यालय पाँच दिन बन्द
काठमाडौं । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको छ । 

गर्मीले गर्दा विद्यार्थीहरुलाइ विद्यालय जान, आउन र पठन पाठनमा समस्या आउन थालेपछि विद्यालय बन्द गर्नु परेको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले अभिभावकको मागलाइ सम्बोधन गर्दै जेठ २७ देखि ३१ गते सम्मको लागी पाँच दिन गर्मी बिदा दिएको जानकारी गराए । 

त्यसैगरि कोहलपुर नगरपालिकाले पनि शुक्रबार देखि पाँच दिन विद्यालय  बिदा दिने निर्णय गरेको कुरा मेयर पूर्ण प्रसाद आर्चायले जानकारी दिए । यता, खजुरा गाँउपालिकाले पनि शुक्रबारबाटै पाँच दिन गर्मी विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताए ।