१२ को परीक्षा सोमबारदेखि सुरु हुने


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
१२ को परीक्षा सोमबारदेखि सुरु हुने
काठमाडौँ । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ ।४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ। अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा लिइएको थियो । ।