कक्षा १२ पास गरेका विद्यार्थीले सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र पाउने


खबरस्टोरी संवाददाता
२१ मंसिर २०७८, मंगलवार
कक्षा १२ पास गरेका विद्यार्थीले सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र पाउने

काठमाडौँ। यस वर्ष कक्षा १२ पास भएका विद्यार्थीले आफू पढेकै विद्यालयबाट मार्कसिट र सर्टिफिकेट पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयबाट विद्यार्थीले प्रमाणपत्र लिन पाउने व्यवस्था गरेको हो। यसअघि कक्षा १२ उतीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमै पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै बोर्डमा भिडभाड हुन नदिन बोर्डले यस्तो व्यवस्था गरिएको जनाएको छ।  बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो।