पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भीर छलफल गर्ने बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिस्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिस्टर्व गर्ने कुरा राम्रो हुँदैन ।’