काठमाडौं । सरकारले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार सूचना जारी गर्दै आवेदन मागेको हो । आयोगको मंगलबार बसेको बैठकअनुसार बुधबारदेखि खुला गरेको लाइसेन्सको फर्म भर्ने अवधि वैशाख २९ गतेसम्म राखिएको छ ।
शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेश गर्न सक्ने आयोगले जनाएको छ ।
सूचना हेर्नुहाेस्ः