काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको नर्सिङतर्फको २९ औँ र मिडवाइफरी तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा करीव ५५ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
यसपटक नर्सिङतर्फको परीक्षाका लागि १ हजार ४८३ जनाले फारम भरे पनि परीक्षामा ८ जना अनुपस्थित रहेका थिए ।
काउन्सिलले वर्षमा तीन पटक लाईसेन्सको परीक्षा लिनेगर्दछ।