अर्थमन्त्री शर्माले संसदमा पेश गरेको आ.व. २०७९/८० को बजेटमा ८ सम्म पुर्याउने लक्ष्यका साथ आगामी आवका लागि दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार गरिने जनाएका छन् ।
हाल १ सय ४० स्थानमा रहेको ‘पढ्दै कमाउदै कार्यक्रम’ थप एक सय विद्यालयमा थप गरिएको छ ।
रोजगारीमुलक शिक्षाका लागि विद्यालय शिक्षा सुधार, शिक्षासँग सीप कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख छ ।
विद्यालय तहको शैक्षिक सुधार कार्यक्रमका लागि ५ लाख रुपैयाँसम्म प्रधानअध्यापकले खर्च गर्न पाउने ब्यवस्था बजेटमा मिलाइएको छ ।
शहीद स्मृति विद्यालयहरुलाई प्राविधिक विद्यालयका रुपमा विस्तार गरिने उद्येश्यका साथ प्राविधिक शिक्षातर्फ ८ अर्ब ३० करोड बिनियोजन गरिएको छ । सामुदायिक विद्यालयलाई श्रेणीकृत गरिने तथा बिपन्न बालबालिकाको शिक्षा सुधारका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
डडेलधुरामा मेडिकल कलेजको स्थापनाको ब्यवस्था मिलाइनुका साथै मेडिकल शिक्षामा विदेशी विद्यार्थीलाई आकर्षित गरिने कार्यक्रम पनि अघि सारिने बजेटमा उल्लेख छ ।