शिक्षक सेवा आयोगले लाइसेन्सको परिक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने


खबरस्टोरी संवाददाता
४ चैत्र २०७८, शुक्रबार
शिक्षक सेवा आयोगले लाइसेन्सको परिक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने
काठमाडौँ । अबदेखि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को परिक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने भएको छ । वस्तुगत परिक्षामा प्रतिप्रश्न २ अङ्कका दरले सोधिने छ । 

वस्तुतग तहका प्रश्नहरु तयार गर्दा प्रथम तहको लागि ४० प्रतिशत, दितिय र तितृय तहको लागि ३०– ३० प्रतिशत हुने जनाइएको छ । आयोगका अनुसार परिक्षाको लागि १ घण्टाको समय हुने छ । यसअघि आगोगको परीक्षा लिखित रुपमा हुँदै आएको थियो । अब परीक्षार्थीहरुले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्ने छन् ।

यो पाठ्यक्रम २०७८ चैत्र २ गतेदेखि हुने परिक्षामा लागु हुने भनेर आयोगले जानकारी गराएको छ ।