वस्तुतग तहका प्रश्नहरु तयार गर्दा प्रथम तहको लागि ४० प्रतिशत, दितिय र तितृय तहको लागि ३०– ३० प्रतिशत हुने जनाइएको छ । आयोगका अनुसार परिक्षाको लागि १ घण्टाको समय हुने छ । यसअघि आगोगको परीक्षा लिखित रुपमा हुँदै आएको थियो । अब परीक्षार्थीहरुले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्ने छन् ।
यो पाठ्यक्रम २०७८ चैत्र २ गतेदेखि हुने परिक्षामा लागु हुने भनेर आयोगले जानकारी गराएको छ ।