त्रिविका शिक्षक र कर्मचारीले राजनीतिक दलको चुनावमा भाग लिन नपाउने


खबरस्टोरी संवाददाता
८ पुष २०७८, बिहीबार
त्रिविका शिक्षक र कर्मचारीले राजनीतिक दलको चुनावमा भाग लिन नपाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने भएको छ ।

विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएको भन्दै त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विभागीय कारबाहीको चेतावनी दिएको हो ।महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।