यो वर्ष हुन लागेको एसईईमा विद्यार्थीहरु पनि निकै उत्साहित भएर परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ भने छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ रहेको छ ।
देशभर करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । काठमाडांैमा मात्रै १ सय २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
एसईईमा यो वर्ष प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।
यस्तै, ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एक साता पहिले नै प्रश्नपत्र पु¥याइएको कार्यालयले जनाएको छ ।
परीक्षा बिहान ८ बजेबाट शुरू भएकाे छ । शुक्रबारबाट शुरु भएकाे परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ ।