मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द हुने भएको छ ।मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई तीन दिनसम्म बन्द गर्न केन्द्रले अनुरोध गरेको छ।
यस अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।