आकाश र पूजाको ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
आकाश र पूजाको ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने
काठमाडौँ। प्रेम कथामा आधारित नेपाली चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तोक्दै सार्दै गरेको फिल्म युनिटले अब भने असार ३१ गतेलाई प्रदर्शन मिति लक गरेको छ।

यसअघि यो चलचित्र जेठ ६ गते नै प्रदर्शन हुने प्रचार थियो। स्थानीय निर्वाचनको कारण देखाउँदै सरेको ‘सम्झना बिर्सना’ निकै प्रचार गरिएको चलचित्र हो। 

यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। फिल्म तथा म्युजिक भिडिओमा निक्कै रुचाइएको पूजा र आकाशको जोडीसँगै यो चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा पनि शिर्ष भूमिकामा देखिनेछन्। 

 निमेष प्रधानले निर्देशन गरेको चलचित्र दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ। निर्देशक प्रधानकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा निर्देशक प्रधानलाई अभिनेता शिशिर राणाले साथ दिएका छन्।