आरआरआरको क्रेज, हल पुगिन् रामचरणकी पत्नी उपासना


खबरस्टोरी संवाददाता
१३ चैत्र २०७८, आईतवार
आरआरआरको क्रेज, हल पुगिन् रामचरणकी पत्नी उपासना
काठमाडौ । एसएस राजमौलीद्वारा निर्देशित चलचित्र आरआरआरले यतिबेला बलिउड देखि कलिउडसम्मको फिल्मि क्षेत्रमा ऐतिहासिक माहौल बनाउन सफल भएको छ ।जुनियर एनटीआर र रामचरण आलिया भट लगायतका कलाकारको बेजोड अभिनय र फिल्मको स्टोरीले दर्शहरुको माया पाएको छ ।

फिल्मको यो माहौलसँगै थिएटर पुगेकी छिन् स्टार रामचरणकी श्रीमति उपासना कामिनेनी । पतिको फिल्मले बक्स अपिस तातेको समयमा श्रीमानको सपोर्टमा उपासना थियटर पुगेकी हुन् ।

फिल्मले ओपनिङ दिनमा नै रेकर्ड कायम गरेको छ ।