आधा रातमा चलचित्र प्रदर्शन गर्ने सिनेमा घरलाई कारबाही गर्दै विकास बोर्ड


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
आधा रातमा चलचित्र प्रदर्शन गर्ने सिनेमा घरलाई कारबाही गर्दै विकास बोर्ड
काठमाडौँ। अनुमति नलिइ राति हल सञ्चालन गर्ने हलहरूलाई चलचित्र विकास बोर्डले कारबाही गर्ने निर्णय गरेको छ। नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

बोर्डले बिग मुभिज, एफक्युज र बिएसआर मुभिजलाई कारबाही गर्ने भएको हो। वैशाख १ गते प्रदर्शन भएको कन्नड चलचित्रको हिन्दी डब चलचित्र ‘केजीएफ च्याप्टर २’ प्रदर्शनका लागि सिनेमा हलले प्रदर्शन अगाडि नै बुकिङ खुल्ला गरेका थिए। दर्शकको अत्याधिक माग भएपछि हल मालिकले अत्याधिक शो यो चलचित्रलाई दिएका थिए। 

यही क्रमम राति फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए। रातको समयमा हल खुल्ला गर्ने निर्णय भने चलचित्र विकास बोर्डलाई थाहा थिएन। हलमा कति शो गर्ने भन्नेबारे जानकारी बोर्डसँग हुने गर्छ। झन् विदेशी चलचित्र प्रदर्शनीको लागि बोर्डले अनुमति नै दिनुपर्ने हुन्छ।