भारत यू–१९ विश्वकपको फाइनलमा


खबरस्टोरी संवाददाता
२० माघ २०७८, बिहीबार
भारत यू–१९ विश्वकपको फाइनलमा

काठमाडौँ । भारत यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । 

टस जितेर ब्याटिङ रोजेका कप्तान यश धुलले ११० बलमा ११० रन बनाए । उपकप्तान शेख रसिदसँगको २०४ रनको साझेदारीमा भारतले अष्ट्रेलियालाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । शेख रसिदले १०८ बलमा ९४ रन बनाएका थिए ।जवाफमा अस्ट्रेलियाको सम्पूर्ण टोली ४१.५ ओभरमा १९४ रन बनाएर आउट भएको थियो । भारतका लागि विक्की ओस्टवालले ३ विकेट लिए भने रवि कुमार र निशान सिन्धुले २–२ विकेट लिए ।

कीर्तिमानी चार पटकको च्याम्पियन भारतले शनिबार फाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ । भारतले यू–१९ विश्वकपको फाइनल खेलेको यो लगातार चौथो पटक हो ।