भारतकी हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स


खबरस्टोरी संवाददाता
२७ मंसिर २०७८, सोमबार
भारतकी हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स

काठमाडौँ। इजरायलमा सम्पन्न मिस युनिभर्स प्रतियोगिताको यसवर्षको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् । 

हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् ।  अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् । त्यस्तै प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।