चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।“चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिनेछ,” सूचनामा उल्लेखित छ ।