चर्चित र्‍यापर लाहुरेको नयाँ र्याप ‘बिरामी’ सार्वजनिक


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
चर्चित र्‍यापर लाहुरेको नयाँ र्याप ‘बिरामी’ सार्वजनिक
काठमाडौं। चर्चित र्‍यापर लाहुरे अर्थात् आशिष रानाले 'बिरामी' बोलको र्‍याप गीत सार्वजनिक गरेका छन्।

लागूऔषध दुर्व्यसनीविरुद्ध बनेको यस गीतको टाइटल ‘बिरामी’ हो। भिडिओमा लाहुरे, सुभम बोहोरा र सुजित सञ्जित लगायतको अभिनय छ।लामो समयको प्रतिक्षापछि लाहुरेले नयाँ गीत निकालेका हुन्। 

मंगबार काठमाडौंमा एक कार्यक्रम गर्दै उनको र्‍याप गीत सार्वजनिक गरिएको हो।

नयाँ र्याप आएसँगै उनका फ्यानहरु निकै खुशी भएका छन्। उनलाई सामाजिक संजालमा शुभकामना दिइरहेका छन्।