छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत 'छाउपडीको वेदना' सार्वजनिक


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत 'छाउपडीको वेदना' सार्वजनिक
 काठमाडौँ। यो सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथाविरुद्ध अर्थात् यस प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । याे गीत सार्वजनिक गरिएकाे छ । 

राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ । 

यस गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश गरिएको छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश जोडिएको छ ।