ढाकाटोपीमा देखिए अमिताभ बच्चन


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
ढाकाटोपीमा देखिए अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चन नेपाली ढाकाटोपी देखिएका छन् ।

आफ्नो इन्स्टाग्राममा  सोमवार उनले शिरमा ढाकाटोपी लगाएको एक तस्विर साझेदार गरेका हुन् । उनले तस्विरको क्याप्सनमा ‘केटीको केटीको’ भनेर लेखेका छन् । तस्विरमा उनलाई दुई हात कम्मरमा राखेर नृत्य गर्दै गरेको देख्न सकिन्छ । कुन र के प्रयोजका लागि उनी यो पहिरनमा देखिए त्यो चाँहि उनले खुलाएका छैनन् ।