कलाकारीतामा विपिनको छलाङ, फिल्मको लागि मुम्बई उड्दै


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
कलाकारीतामा विपिनको छलाङ, फिल्मको लागि मुम्बई उड्दै
काठमाडौ । भर्सटाइल एक्टरको रुपमा नेपाली चलचित्र नगरीमा पहिचान बनाउन सफल कलाकार विपिन कार्की अब बलिउड नगरीमा इन्ट्री गर्दैछन् ।

आगामी महिना बलिउड चलचित्र ‘एनिमल’ छायांकनका लागि कलाकार कार्की मुम्बई उड्ने तयारीमा छन्।विपिनले यो चलचित्रमा नायक रणवीर कपुर, नायिका रश्मिका मन्दन्ना, बबी देवल, अनिल कपुर लगायतका कलाकारसँग स्क्रिन शेयर गर्नेछन्।

 फिल्ममा विपिन कस्तो भूमिकामा देखिनेछन् भन्ने कुरा भने खुलाइएको छैन।