खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा सर्वसम्मत


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा सर्वसम्मत
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्तर्गत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिएका छन् । 

खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । सङ्घको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन चुनिए । 

त्यसैगरी रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा चुनिए । नवनिर्वाचित खेलाडी सङ्घका कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसापत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सङ्घका नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।