नेपालद्वारा जिम्बाबे ‘ए’ लाई १८२ रनको लक्ष्य


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
नेपालद्वारा जिम्बाबे ‘ए’ लाई १८२ रनको लक्ष्य
काठमाडौं। टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले जिम्बावे‘ए’ लाई टी–ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।

नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए । जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक-एक विकेट लिए। नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ ।