नितेश र समृद्धिको प्रेम सम्बन्ध बाहिरियो


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
नितेश र समृद्धिको प्रेम सम्बन्ध बाहिरियो
काठमाडौं । गायक नितेशजंग कुँवर र गायिका समृद्धि राईको प्रेम सम्बन्ध बाहिरिएको छ ।

बेलाबेलामा गसिपको विषय बन्ने गरेको यी दुईको प्रेम सम्बन्ध अन्तत भने औपचारिक रुपमा सार्वजनिक भएको छ। 

गायक कुँवरले सामाजिक सञ्जालमार्फत एकअर्काको तस्बिर सार्वजनिक गर्दै उनीहरु बीच ‘हल्ला’ बनेको प्रेम सम्बन्धलाई औपचारिक रुपमै पुष्टि गरेका हुन्। नितेशले इन्स्टाग्राममार्फत आफ्नो र समृद्धिको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरी रानी सँग (विथ माई क्वीन)’। यता समृद्धिले पनि उक्त स्टोरीलाई सेयर गरेकी छिन्। 

पछिल्लो समयमा विशेषगरि युवापुस्तामाझ निकै रुचाईएका गायक हुन् नितेश कुँवर । उनका ‘हाम्रो नेपालमा’, ‘ बुझेउ हैन कुरा ’, पिडित, ‘आश्मा’जस्ता गीतहरू निकै चर्चित छन्।