प्रियंका जोशी बनिन् मिस नेपाल वर्ल्ड २०२२


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
प्रियंका जोशी बनिन् मिस नेपाल वर्ल्ड  २०२२
काठमाडौँ । प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड२०२२ को विजेता बनेकी छन्। 

कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएको थिएन। त्यसैले जोशीलाई २०२० की मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइन्।प्रतियोगिताको फिनालेमा २४ जनाबीच स्पर्धा भएको थियो।

ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको हो। यसका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।