रियल मड्रिड च्याम्पियन्स लेग फुटबलको सेमिफाइनलमा


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
रियल मड्रिड च्याम्पियन्स लेग फुटबलको सेमिफाइनलमा
काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लेग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा चेल्सीसँग ३–२ ले पराजित गर्दै भए पनि समग्रमा ५–४ काे जित निकाल्दै रियलले अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो लेगमा ३–१ गोल अन्तरले अघि रहेको रियल मड्रिड समग्रमा ५–४ को नतिजाका साथ अन्तिम चारमा प्रवेश गरेको हो । 

च्याम्पियन्स लिगको गएरातीको अर्को खेलमा भिल्ला रियल र बायर्न म्यूनिख एक एक गोलको बराबरी खेलेका छन् । दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति १–१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० अन्तरले पराजित गरेको थियो ।