र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

पोखरा। र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन्। ‘ लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । 

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।