साउथ स्टार पुनीत राजकुमारको निधन


खबरस्टोरी संवाददाता
१२ कार्तिक २०७८, शुक्रबार
साउथ स्टार पुनीत राजकुमारको निधन

काठमाडौँ। सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार  पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ ।

आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।

अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् ।  पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।