टी–२० विश्वकप छनोट सेमिफाइनल ः नेपाललाई लाग्यो तेस्रो झट्का


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
टी–२० विश्वकप छनोट सेमिफाइनल ः नेपाललाई लाग्यो तेस्रो झट्का

काठमाडौँ ः युएईविरुद्ध खेलिरहेको नेपाललाई तेस्रो झट्का पनि लागेको छ। युएईले दिएको १सय७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालका  ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका छन्।

ताजा अवस्थामा नेपाल २.५ ओभर खेल्दै १४ रनमा रहेको छ।टस जितेर पहिले ब्याटिंग गरेको युएईले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै १ सय ७५ रन जोडेको हो।नेपाललाई टी २० विश्वकप खेल्न आजको खेल जित्नैपर्ने दबाबमा छ।