दुई वर्षपछि प्रियंकाको सेटमा कमब्याक


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
दुई वर्षपछि प्रियंकाको सेटमा कमब्याक
 काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल  नायिका प्रियंका कार्की झण्डै दुई वर्षपछि फिल्मको सेटमा फर्किएकी छन्। आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी कार्की पछिल्लो समयमा छोरीकी आमा समेत भईसकेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा सुटिङका तस्बिर पोस्ट गर्दै प्रियंकाले लेखेकी छन्, ‘दुई वर्षपछि फिल्म सेटमा फर्किएँ। यो मैले कहिल्यै नछाडेको जस्तो लाग्यो।’

तस्बिरमा उनी अभिनेत्री श्रृष्टि श्रेष्ठसँग देखिएकी छन्। प्रियंका र श्रृष्टिले फिल्म ‘द सेक्रेट्स अफ राधा’को प्रमोसन गीत ‘राधा पियारी’को सुटिङ गरेका हुन्।