दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा


खबरस्टोरी संवाददाता
२० माघ २०७८, बिहीबार
दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा

काठमाडौं । फिलिपिन्सलाई २(० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप(२०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक(एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो । अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।