आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारणसभा सम्पन्न


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो ।

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको बताए । उनले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेको समेत उल्लेख गरे । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था भन्दै उनले रेमिट्यान्स आप्रवाह घट्दो र लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराए । सभामा अध्यक्ष श्री ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।