आइएमई ग्रुपको योगदान : वार्षिक एक खर्ब भन्दा बढीको विप्रेषण


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
आइएमई ग्रुपको  योगदान : वार्षिक  एक खर्ब भन्दा बढीको विप्रेषण
काठमाडौं ।  झट्ट सुन्दा पत्यारिलो छैन् यो कुरा, सामान्य सुरुका दिनहरुमा एउटा कोठाबाट थालनी भएको संस्थाले वार्षिक करिब  एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषणमा योगदान पुराईरहेको छ । 

आइएमई लिमिटेडले पछिल्ला दिनहरुमा वार्षिकरुपमा एक खर्ब भन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा पुराइरहेको योगदान साच्चै नै प्रेरणदायी बन्न सक्छ, आर्थिक स्तरमा क्रमश स्तरोन्नतीको यो गतिमा फड्को मार्न सफल आइएमई ग्रुप ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल  आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ। 

देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासको टेवामा खासै सकारात्मक नतिजा प्रवाह गर्न नसकिरहेको अवस्थामा आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ।’ अध्यक्ष ढकालले आफ्नो कम्पनीले प्रत्यक्षरुपमा ४० हजारलाई रोजगारी दिएको समेत बताए । 

आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उनले जानकारी दिए। अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उनले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताए। 

 आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको समेत बताए ।