साधारणसभामा अध्यक्ष ढकालले विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुकाबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर चार प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेको बताए । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था रहनुका साथै रेमिट्यान्स आप्रवाह घट्दो अवस्थामा भई लगानी योग्यपुँजी (तरलता)को अभाव चरम रहेको उनले बताए ।
सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७–०७८ मा बीमा प्रिमियम नौं प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीम मूल सडकमा जोडिएको दुई रोपनी छ आना दुई पैसा तीन दाम जग्गा खरिद गरेको थियो ।
चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको नौं तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागिर नियमनकारी निकायबाट समेत चुक्ता पूंजी दुई अर्ब ५० करोड रुपैयाँ पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन वमोजिम पूंजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदैं हालको चुक्ता पूँजीको सात प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४ औँ साधारणसभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भएपश्चात कम्पनीको चुक्तापूँजी एक अरब ७० करोड १६ लाख ५१ हजार चार सय २० पुग्ने व्यहोरा जानकारी गराए ।
साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४ औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमाबजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए ।
आ.ब. २०७६–०७७ मा एक अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा नौं प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए । उनले चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल एक अर्ब २८ करोड ६१ लाख बीमाशुल्क आर्जन गरिसकेको पनि जानकारी दिए ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडि बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि सात वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए ।