आइक्यानको अध्यक्षमा भाष्कर सिंह लाला निर्वाचित


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
आइक्यानको अध्यक्षमा भाष्कर सिंह लाला निर्वाचित
काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका छन् । 

बुधबार सो पदमा उनको मात्र एकल उम्मेद्वारी परेपछि उनी संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अबको एक बर्ष उनी आइक्यानको अध्यक्षका रुपमा रहनेछन् ।

यता, संस्थाको उपाध्यक्षका लागि भने दुई जनाको उम्मेद्वारी परेको छ । सीए पियुष आनन्द र सीए सुजन काफ्ले आईक्यानको उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन् । शुक्रबार उपाध्यक्ष पदका लागि चुनाव हुँदैछ ।