आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।