आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ ताेकिएकाे छ ।  

चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।