आज सुनचाँदीको मूल्य स्थिर


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य रहेको महासंघले जनाएको छ ।