आज सुनको भाउ स्थिर


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
आज सुनको भाउ स्थिर
काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार १०० रुपैयाँ कायम छ । 

त्यस्तै, शुक्रबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम थियो ।