आज सेयर बजार बन्द, आइतबार मात्र खुल्ने


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
आज सेयर बजार बन्द, आइतबार मात्र खुल्ने

काठमाण्डौ । सार्वजनिक बिदा परेका कारण सेयर बजार आज (बिहीबार) बन्द रहने भएको छ।

सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । हिजो बुधबार गृह मन्त्रालयले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। अब सेयर बजार आइतबार खुल्नेछ। हिजो बुधबार सेयर बजार ६३.५४ अंकले ओरालो लागेको थियो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दुमा झरेको छ। 

गत फागुन १७ गते पनि महाशिवरात्रिका अवसरमा पनि बन्द रहेको सेयर बजार यो सातामा ३ दिनमात्रै कारोबार भएको छ। यो ३ दिन नै बजार ओरालो लागेको छ।