एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। बजारमा गोलभेँडाको मूल्य अत्यधिक मात्रामा वार्षिक ४२० प्रतिशतले बढेको छ।
अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ । यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्य सूचीअनुसार गोलभेँडाको मूल्य नै प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष यो समयमा प्रतिकिलो न्यूनतम १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म थियो।
अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण गरिन्छ।