आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।
बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
योजना आयोगले आगामी आ.व.को बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।
बजेटको प्राथमिकता
आगामी आ.व.को बजेटलाई लोकप्रिय बनाउन सरकारले कर्मचारीको तलब वृद्धि, वृद्ध भत्ता वृद्धि, व्यक्ति गत आय आकार बढाउने जस्तो कार्यक्रम समावेश गर्ने अनुमान गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सीमालाई बढाउन निजी क्षेत्रबाट आएको दवावलाई सम्बोधन गर्ने अनुमान गरिएको छ । निजी क्षेत्रले व्यक्तिगततर्फ १० लाखसम्म पुर्याउन सुझाव दिएका छन् ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकमा पहिल्यै उक्त आयोजनालाई प्रविष्ट गराउनुपर्ने व्यवस्थाअनुरुप बजेट कार्यक्रम तथा आयोजना तय गर्न सुझाव दिएको छ ।