नेप्से आज १४ दशमलव ३७ अंकले बढेर २२ सय ३१ दशमलव ५७ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव शुन्य नौं अंकमा चढ्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल एक अर्ब चार करोड ४६ लाख २६ लाख नौं सय ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्येमा बलेफी हाईड्रो पावर कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाईनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । अपर तामाकोशी हाईड्रो पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।