१४ अंकले बढ्यो नेप्से, एक अर्ब चार करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
१४ अंकले बढ्यो नेप्से, एक अर्ब चार करोडको सेयर कारोबार
काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम घोषणा गरे संगै नेप्से बढ्न थालेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले पुंजी बजार सुधारको लागि ठोस कार्य गर्ने उल्लेख गरे संगै यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएको हो । सोही कारण साताको तेस्रो कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । 

नेप्से आज १४ दशमलव ३७ अंकले बढेर २२ सय ३१ दशमलव ५७ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव शुन्य नौं अंकमा चढ्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल एक अर्ब चार करोड ४६ लाख २६ लाख नौं सय ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्येमा बलेफी हाईड्रो पावर कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाईनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । अपर तामाकोशी हाईड्रो पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।