३० अंकले बढ्यो नेप्से, एक अर्ब ४७ करोडको कारोबार


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
३० अंकले बढ्यो नेप्से, एक अर्ब ४७ करोडको कारोबार
काठमाडौैं । अर्थतन्त्र गम्भीर संकटमा परेको विभिन्न टिप्पणीपछि ओरालो लागेको नेप्से बुधबार बढेको छ । यसअघि लगातार घटेको नेप्से बुधबार ३० दशमलव २४ अंकले बढेर २४ सय १५ दशमलव २४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९७ अंकले बढेर चार सय ५६ दशमलव शून्य नौं अंकमा चढ्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको २८ हजार नौं. सय ४५ पटकको कारोबारमा ३३ लाख ९८ हजार छ सय ४३ कित्ता सेयर कारोबार भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय चार रुपैयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएको मध्ये बाणिज्य बैक, बिकास बैंक, जलबिद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमासहितका १३ वटै समूहहरुको सूचक बढेर नेप्सेमा हरियाली छाएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये बुधबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, आरएमसीडी लघुवित्त बित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य बढेका छन् भने युनाइटेड मोदी हाइड्रो पावर कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । यसैगरी, बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने शिवम सिमेन्ट, अरुण भ्याली हाइड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि आदि परेका छन् ।