आज दुई सय ३५ वटा कम्पनीहरुको ३६ हजार सात सय ७२ पटकको कारोबारमा ५३ लाख २९ हजार नौ सय ९३ कित्ता सेयर खरिद किनबेच भएको छ । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँ पुग्न सफल भएको छ ।
कारोबार भएका १३ वटा समुहहरु मध्ये आज ट्रेडिङ समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहको सुचक बढेर हरियो भएका छन् ।
यसैगरी आज कमाउने कम्पनीहरुको सुचीमा इर्मजिङ नेपाल लिमिटेड, समता लघुवित्त वित्तीय सस्था आदि परेका छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, मैलुङ खोला जलबिद्युुत कम्पनी आदि गुमाउने कम्पनीहरुको सुचीमा परेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, सिद्धार्थ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।